रत्ननगर जेठ ३२,
शिशिर सिम्खडा : पूर्वी चितवनको पदमपुरमा मदन आश्रित स्मृति स्वास्थ्य केन्द्र तथा वाचनालयको
आज शिलान्यास गरिएको छ ।
वाचनालयको भवन निर्माणको लागि एक
कार्यक्रमका बीच नेकपा एमाले चितवनका अध्यक्ष जे. एन् थपलियाले
शिलान्यास गर्नुभएको थियो । ६ लाख रुपैयामा खरीद गरिएको सो एक
कट्ठा जग्गामा बन्न लागेको ४ कोठे भवन निर्माणका लागि
संविधानसभाका सभासद काशीनाथ अधिकारीले दुई लाख रुपैया सहयोग
गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै एमाले चितवनका अध्यक्ष
थपलियाले भुकम्पपिडीत जनताको लागि पुनर्बासको व्यवस्था गर्न एमाले
प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समयमै संबिधान निर्माणमा सबै
दलहरु एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो ।
मदन आश्रित स्मृति स्वास्थ्य
केन्द्र तथा वाचनालयका अध्यक्ष भीष्मप्रसाद खनालको अध्यक्षतामा भएको
कार्यक्रममा कोषाध्यक्ष शीला बस्नेतले बोल्नुभएको थियो ।
सो भवन
निर्माणपश्चात वाचनालयका साथै हाल सञ्चालनमा रहेको मदन आश्रित स्मृति
एम्बुलेन्स समेत सोही केन्द्रबाट सञ्चालन गरिने नेकपा एमाले क्षेत्रीय
सचिवालय सदस्य टिका रिजालले जानकारी दिनुभयो । सो भवन निर्माण सम्पन्न
गर्न करिब २० लाख रुपैया लाग्ने बताइएको छ ।