दाइजोको निहुँमा भन्दै श्रीमतीलाई घर निकाला

आइतबार आषाढ ६,

पूर्व कानून मन्त्री एवम् सभासद् बृजेशकुमार गुप्ताले दाइजो नल्याएको निहूँमा श्रीमतीलाई घर निकाला गरेको अभियोग लागेको छ ।

श्रीमती संगीता बृजेश गुप्ताले पत्रकार सम्मेलन गर्दै दाइजो नल्याएको निहूमा विवाह भएको सात बर्षपछि सभासद् गुप्ताले आफूलाई घर निकाला गरेको गुनासो गरिन् । उनले भनिन्, ‘‘स्कोर्पियो सीआडीई मोडलको सवारी साधन दाइजो माग्दै आफूमार्थि हिंसा गर्दै घर निकाला गरिदिए ।’’

उनले ४ महिनादेखि घरअघि गुप्ताले घर निकाला गरेको बताइन् । उनले भनिन्, ‘‘मार्ने धम्की दिदै घरबाट निकालिएपछि न्यायका लागि विभिन्न ठाउँ पुगे । तर, न्याय पाइन ।’’

संगीताका अनुसार गुप्ताले घरमा काम गर्न बसेकालाई समेत दूव्र्यवहार गर्न लगाएका थिए । राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाईले सभासद बृजेशकुमार गुप्तालाई यसबारे छलफल गर्न चार पटक बोलाएपनि बेवस्ता गरि नआएको बताइन् । हिमालखबरबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com