लस एन्जेलस अमेरिकाकै सबैभन्दा खराब ट्राफिक (यातायात) आवागमन हुने शहर

वाशिंगटन डिसी 

विजय थापा : विश्व कै सबै भन्दा ज्यादा सवारी साधन ज्यादा भएको मुलुक मध्ये अमेरिका पनि हो । सबै प्रकारका सवारी साधनको हिसाबले अमेरिका चौथो राष्ट्रमा पर्दछ । तर औसतमा कार प्रति व्यक्ति ज्यादा भएको मुलुक अमेरिका हो ।

र अमेरिकाको लस एन्जेलस सबै भन्दा ज्यादा खराब ट्राफिक (यातायात) भएको शहर हुन् पुगेको एक तथ्यांकले देखाएको छ । ज्यादा जन घनत्व वृद्धिको साथै सवारी साधनको पनि वृद्धिले आवत जावतको ज्यादै कठिन बन्दै गएको छ ।

एक आँकडा अनुसार ब्यस्त समयमा सवारी साधन एउटा को पछाडी अर्को सवारी साधनको लर्को हुने गरेको छ । नौपरिवहन पद्धति (न्याभिगेसन ) निर्माण गर्ने प्रतिष्ठान टम टमले गरेको बार्षिक सूचकांक अनुसार लस एन्जेलसका चालकहरुले व्यस्त समयमा बिश्व कै सबै भन्दा खराब ट्राफिक भएको अनुभूति गर्ने गरेको बताएको छ ।

यस शहरलका चालकहरुले बार्षिक रुपमा ९२ घण्टा अतिरिक्त समय आवागमनमा बिताउने गर्छन भने अति व्यस्त समयमा ८० प्रतिसत भीड़-भाड़ हुने सूचकांकले देखाएको छ ।

यस अगाडी वाशिंगटन डिसीमा अत्यधिक सवारी साधनको चाप हुने गरेको थियो ।  वाशिंगटन डिसीमा व्यस्त समयमा ६७ घण्टा  बिलम्ब हुने गरेको आंकडाले देखाएको छ । औसतमा वाशिंगटन डिसी क्षेत्रमा बसोबास गर्ने चालकले बार्षिक १ हजार ३ सय ९८  डलर यातायात थप्प भएको कारण ज्यादा खर्च लाग्ने गरेको आंकडा दिएको छ ।

अमेरिकाका ज्यादै खराब यातायात आवागमन हुने १० शहरहरुमा क्रमस १ लस एन्जेलस २ .सन् फ्रान्सिस्को ,३.होनोलुलु ,४.सियाटल ५. सन् जोस ६.न्युयोर्क .७ मियामी ८.वाशिंगटन डिसी ९.पोर्टल्याण्ड १०. न्यु ओर्लेंस रहेका छन् ।

लस एन्जेलस अमेरिका कै सबै भन्दा ज्यादा खराब यातायात थप्प हुने शहर हो भने बिश्व मै १० औ स्थानमा खराब ट्राफिक हुने शहरमा पर्दछ  ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com