एकीकृत घुम्ती शिविरमा सेवा लिनेको घुइँचो

प्यूठान आषाढ ३,

जिल्लाको दुर्गम क्षेत्र दाङबाङ गाविसमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा सेवा लिनेको घुइँचो लागेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सो गाविसमा पहिलो पटक शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । 

जिल्लाका विभिन्न सरकारी कार्यालय सम्मिलित एकीकृत घुम्ती सेवा शिविरमा अहिलेसम्म नागरिताको प्रमाणपत्र १८० थान, महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र दुई थान, मालपोत कार्यालयबाट नामसारी १०, नाम सुधार ६ र रजिस्टे«सन पास ५० जनाले लिएको प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी नापी कार्यालयबाट कित्ता कार्ड १२ वितरण गरिएको छ भने १४० मतदाता नामावली सङ्कलन भएको प्रजिअ कुरुम्वाङले बताए । 

नागरिता प्रमाणपत्र तथा अपाङ्गता परिचयपत्र वितरण कार्य सोमबार र मङ्गलबार करिब सकिएको भए पनि स्थानीयको मागका आधारमा नापी र मालपोत कार्यालयले आज र भोलिसम्म शिविरमा सेवा दिने सहभागी तथा राष्ट्रिय अनुसन्धान प्रमुख शिव कार्कीले जानकारी दिए। शिविरका अवसरमा महिला र पुरुषका लागि लैङ्गिक हिंसासम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताए। रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com