जेष्ठ २३, परेवाकोट ,
अनन्तप्रकाश सुवेदी : सम्पुर्ण नेपालीहरु एकजुट होऔं महाविपत्ति र महाविनाशलाई नवनिर्माणको महाअभियानमा
बदलौं को नाराका साथ नेकपा माओवादी – चितवनले सुरु गरेको जनसेवा तथा नव निर्माण अभियानको
पहिलो चरणको एक कार्यक्रमका विच पिप्ले गाविसको परेवाकोट स्थित श्री राष्ट्रिय प्राविमा एक
कार्यक्रम गरि शनिवार समापन गरिएको छ ।
नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले
दाह्रेचोक तामिल स्थित एक भुकम्प पिडितको घर पुनर्निमाण गरेर सुरु भएको सो अभियान नेकपा –
माओवादीका पोलिटव्युरो सदस्य तथा राज्य इन्चार्ज सुर्यप्रकाश सुवेदी पथिकको समुपस्थितिमा
सम्पन्न भएको हो ।
सो समापन कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा
राज्य इन्चार्ज पथिकले यो महाविपत्तिमा सम्पुर्ण जनता नै एक जुट भएर पुनर्निर्माणमा लाग्नु
पर्ने बताउनुभयो । यो अभियानलाई समर्थन गर्दै पार्टीले नेपाल सरकारको राहत कोषका रु १०
लाख जम्मा गरेर सबै पार्टीहरु एकजुट भएर अघि बढ्नु पर्ने कुरालाई सशक्त रुपमा अघि सारेको
बताउनुभयो । यसका साथै सिन्धुपाल्चोक, काठमाडौं, गोरखा लगायतका विपत्तिका केन्द्र रहेका
ठाउँहरुमा विभिन्न पार्टीहरुसँग संयुक्त अभियान लिएर पनि अघि बढेको जानकारी दिनुभयो ।
समापनको क्रममा सो नव निर्माणको अभियानको क्रममा २९ घर तथा २ वटा सरकारी स्कूल
पुनर्निर्माण गरिएको अभियानका कमाण्डर तथा नेकपा – माओवादीका जिल्ला इन्चार्ज ज्ञानु बस्नेत
आकांक्षाले जानकारी दिनुभयो । अभियानका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले
राहत वितरण तथा क्षति दर्ताको क्रममा पनि गम्भिर अनियमितता गरेको र त्यसको नियमित भण्डाफोर
गरिएको सो अवसरमा जानकारी दिइयो । सो अनियमितता गर्ने उपर कडा कारवाही गर्नुपर्ने पनि सो
अवसरमा माग रह्यो ।
समापनको कार्यक्रममा नेकपा–माओवादीका केन्द्रिय सदस्य अम्बिका मुडवरी अञ्जना, केन्द्रय
सल्लाहकार तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष भुमेश्वर कँडेल,
जिल्ला सेक्रेटरी घनश्याम सापकोटा विकाश लगायतको उपस्थिति रहेको थियो ।
समापनको दिन शनिवार अभियान टोलिले परेवाकोट स्थित परेवाश्वरी मन्दिरको भग्नावेशलाई
हटाउने कामका साथै स्थानिय एकको पुनर्निर्माण गरेको थियो ।
भुकम्पले चर्केर ध्वस्त भएको
मन्दिरको माथिल्लो भाग केही दिन अघि आएको हावाहुरीले लडाएको स्थानिय थापा डाँडाकी
पार्वति लामाले बताउनुभयो । सो कार्यक्रममा परेवाकोट गाउँ क्रान्तिकारी युवा लिग मुस्कान
लामाको नेतृत्वमा तथा तारेवांग गाउँको युवा लिग मानबहादुर चेपांगको अध्यक्षतामा घोषणा
गरिएको थियो ।