दबाव परेपछि बिवरण संकलनमा ढिलाई

मंगलबार जेठ २६,

नारीदर्पण : प्रभावित क्षेत्रामा यसरी दबाव परेपछि क्ष्यतिको बिवरण संकलन गर्न ढिलाई भएको छ । विभिन्न दलका प्रतिनिधिले दबाव दिएपछि पर्वतमा भूकम्प बाट भएको क्ष्यतिको बिवरण संकलन गर्न छ ।

आफ्ना कार्यकर्ताको सामान्य चर्किएको घरलाई पनि पूर्ण क्ष्यतिमा राख्न दबाव बढेपछी पूर्ण क्श्यतिको बिवरण संकलामा यसरी ढिलाई भएको हो । मानवीय क्ष्यति नभए पनि भौतिक क्ष्यति भएको गाउँगाउँमा बिवरण संकलनका लागि खटिएका गाउँ बिकाश समिति र नगरपालिकाको कर्मचारी जिल्ला दैवी प्रकोप व्यबस्थापन समितिमा बासाउन ढिलाई भएको भैरहेको छ ।

गत बैशाख १२ मा गएको शक्तिशाली भूकम्प र त्यस पछिको परकम्पनका कारण भएको क्ष्यतिको बिवरण संकलन गर्ने कार्य अहिले १८ वटा गाउँ बिकास समितिमा भैरहेको छ । तर विवादका कारण अन्तिम बिवरण भने प्राप्त भैसकेको छैन । 

भूकम्प बाट सबै भन्दा बढी क्ष्यति भएको रानीपानी , बरउचउर लगायत गाबिसका बिवरण प्राप्त हुन सकेको छैन । त्यस्तै लेखपाट र केहि गाबिस जहाँ सामान्य क्ष्यति भएको थियो त्यस्ता गाबिसले समेत बिवरण बुझाएका छैनन् बर्बतका सहायक प्रमुख जिल्ला अधिकारि चुडाराज भट्टराइले जानकारी दिएका छन् ।

यस्तै ओखलढुंगा जिल्लाका भूकम्प प्रभावित पाँच गाबिसमा महिला सुरक्षित बास स्नेह केन्द्र स्थापना हुने भएको छ । सयुक्त राष्ट्र संघिय जनसंख्या बिकास कोषको सहयोग र महिला तथा बालबालिका कार्यालयको संयोजनमा ओलिक नेपाल स्नेह केन्द्र स्थापना गर्ने भएको हो ।

सिद्धिचरण नगरपालिका अन्तर्गत सिद्धिचरण पार्कमा एक स्नेह केन्द्रको स्थापना गरिसकेको छ । स्नेह केन्द्रमा महिला तथा किशोरीहरु परामर्स तथा सामग्री लिन आउने गरेको केन्द्रले जनाएको छ । भूकम्प बाट ती प्रभावित गाबिस श्रीचौर टारकेराबारीमा महिलाहरुको सुरक्षित बास स्थापना गर्न लागिएको केन्द्र संयोजक मिना पोकरेल्ले जानकारी दिएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com