फरक साहसिक लुपिता

शुक्रबार जेठ २२,

हलिउडमा प्रतिष्ठित मानिने ओस्कार अवार्ड हात पार्ने पहिलो मेक्सिकन केन्याली अभिनेत्री हुन्, लुपिता न्याङ्ओ। 

उनले चलचित्र '१२ इयर अ स्लेभ'बाट 'बेस्ट सपोर्टिङ एक्ट्रेस'को रूपमा अवार्ड प्राप्त गरेकी हुन्। अमेरिकाको येल स्कुल अफ ड्रामाबाट स्नातकोत्तर गरेकी लुपिता हलिउडमा अहिले चल्तीकी नायिका मानिन्छिन्।
सन् २००८ बाट हलिउड चलचित्रमा सहायक निर्देशकको रूपमा काम गर्न सुरु गरेकी ३२ वर्षीया लुपिताले 'इस्ट रिभर' नामक छोटो चलचित्रबाट अभिनय सुरु गरेकी हुन्। केन्याली मेक्सिकन अभिनेत्री तथा चलचित्र निर्देशकका रूपमा स्थापित भएकी छन्। 
मेक्सिको सिटीमा जन्मिए पनि केन्यामा हुर्केकी उनलाई अभिभावकले स्पेनिस नाम राखी दिएका हुन्। केन्यामा राजनीतिक अस्थिरताका कारण विस्थापित भएर मेक्सिको पुगेका बेला उनको जन्म पनि त्यही भएको हो।
चलचित्रमा जति सफल छिन् उनको जीवनकथा त्यत्तिकै मार्मिक छ। लुपिताको परिवार केन्यामा यातनाको सिकार बनेको थियो। उनका अभिभावकको हत्या गर्न खोजिएको थियो। तर त्यहाँबाट भागेर उनीहरू मेक्सिको पुगेका थिए। 
उनले उनको चलचित्रमा यस्तै भूमिकालाई मजाले प्रस्तुत गरेकी छन्। लुपिताको पिता पूर्वस्वस्थ्यमन्त्री पनि हुन्। आमा अफ्रिकन क्यान्सर फाउन्डेसनको नेतृ थिईन्। 
असल अभिभावकका कारण पनि लुपिताले सानैदेखि राम्रो शिक्षा, संस्कार र केही गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ हुर्कने मौका पाइन्। उनी एचआईभी एड्स, असुरक्षित यौनसम्बन्धका बारेमा पनि चेतना फैलाउँदै आएकी छन्।
पिपुल म्याग्जिनले गत वर्ष उनी संसारकी सर्वाधिक सुन्दरीको रूपमा चित्रण गरेपछि संसारमा उनको चर्चा झनै चुलिएको हो। अझ एक सर्वेक्षण्का अनुसार अफ्रिकाको २० शक्तिशाली युवामध्ये उनी एक मानिन्छिन्। 
उनको आफ्नै खाले फेसन र जीवनशैलीले हलिउडमा चर्चा पाउने गरेको छ। स्पेनिस भाषामा दक्खल राख्ने लुपिताले येल युनिभर्सिटीमा चलचित्र तथा थिएटरसम्बन्धी अध्ययन गरेकी छन्। -एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com