तिरपन्न एकीकृत घर एकै स्थानमा निर्माण गरिदैं

बिहिबार जेठ २१,

नारीदर्पण : बैशाख १२ गत्तेको विनासकारी भूकम्प र त्यसपछिका परकम्पनका कारण क्ष्यति हुन पुगेका काठमाण्डौ महानगर पालिका वडा न १८ को ५३ वटा घर एकै स्थानमा निर्माण गर्ने तयारी हुँदैछ ।

भूकम्पका कारण भत्किएका बस्न नहुने अबस्थामा पुगेका ५३ वटा घरका बासिन्दा बिस्थापित हुने अबस्था आएकाले एकीकृत घरको योजनामा छलफल सुरु भएको पहल कर्ता मचाराजा महर्जन ले बताउनु भयो ।

तिरपन्न वटा घरले चर्किएको स्थानमा एउटै बिशाल घर बनाउने र पहिलो तला व्यापारिक प्रयोजनका लागि छुट्याउने र दोस्रो तला घर धनीले निजि प्रयोग गर्ने पनि महर्जनले बताए । पुरानो र नयाँ घर मा तिरपन्न जना घर धनिले यतिखेर अहिले एकीकृत घर बनाउने योजनामा स्वीकृति दिइ सकेको महर्जनले बताउनु भयो ।

पुरानो नेवार सैलिमा बनाइने एकीकृत घर भूकम्प निरोधक हुने पनि उहाँले बताउनु भयो । एकीकृत घर बनाउनेले जिम्मा निजि कम्पनीलाइ निर्माण गरेर दीइने भएकाले घर बनाउन पैसा नहुनेलाई पनि सहज हुने महर्जनले बताए ।

जग्गाको आधारमा एकीकृत घरको शेयर जग्गा घर धनीलाई नै दिईने । एकीकृत घर को पहिलो तला व्यापारिक प्रयोजन का लागि दिईने भएकाले शयर होल्डरको आय आर्जन पनि गर्न सकिने महर्जन ले बताउनु भय्कोछ ।

एकीकृतदम्भ  एकीकृत घर बनाउन करिब बीस करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एकीकृत घर किलागलको चोकमा बनाउने तयारी भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com