किचनका लागि केहि टिप्स



आषाढ बिहिबार ३,

खाना कसरी मीठो बनाउने भनेर असाध्यै धेरै सोचिरहेका हुन्छाँै तर कसरी सफा तरिकाले पकाउने भन्ने कुरामा ध्यान गएको हुँदैन । पानी पखाल्दा र आगामा पकाउँ सब ठिक हुन्छ भन्ने मान्यता हुन्छ । तर, यसले शरीरलाई हानी गरिरहेको हुन्छ बिरामी भएपछि अर्कै कारणले ठान्छौ ।


कतै भान्साकै हेलचक्र्याइँले त भएको छैन ? खाना पकाउनुअघि र नपकाएको माछामासु समातेपछि साबुनपानीले हात धुनुहोस् । यसो गर्दा खानामा जीवाणु पस्न पाउँदैन । खाना पकाउँदा एप्रोन प्रयोग गर्नुहोस् । रुघा लागेको छ अथवा सिंगान बगिरहेको छ भने खाना पकाइरहेको बेला हातले कुनै पनि खानेकुरा नछुनुहोस् । मासु काट्न अलग चपिङ बोर्डको व्यवस्था गर्नुहोस् । 

नपकाएको मासुमा जीवाणु हुन्छन् र एउटै चपिङ बोर्ड प्रयोग भएमा यस्ता जीवाणु चपिङ बोर्डमा काटिने सलाद लगायतमा पस्न पुग्छन् । बजारमा पाइने तरकारी र फलफूलमा विषादि बढी प्रयोग हुने भएकाले पकाउनुअघि÷ खानुअघि तरकारी र फलफूललाई मनतातो नुनपानीमा दुई घण्टाजति भिजाउनुहोस् । यसरी भिजाएको फलफूल र तरकारी चिसो पानीमा पखालेर काट्नुपर्छ । 

हात ओभानो राख्न भान्छामा राखिने तौलिया दिनदिनै धुनुपर्छ । खासगरी माछामासु समातेको हात पुछ्न प्रयोग गर्ने तौलियालाई तातो पानीमा धुने गर्नुहोस् । यसो गर्नाले तौलियाबाट जीवाणु सर्न पाउँदैन । तरकारी, फलफूल र माछामासु ताजा राख्न फ्रिज प्रयोग गरिन्छ । यसरी राखिएका सामग्रीले फ्रिजभित्रै जीवाणुका अवशेष छोड्ने भएकाले फ्रिजलाई सफा गरिरहनुपर्छ । –एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com