नारीदर्पण : दक्षिण कोरियामा मर्स रोग को प्रकोप फैलिएकाले त्यहाँ जानु पुर्व र त्यहाँ बसिरहेका नेपालीलाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले मध्यपुर्व र दक्षिण कोरियामा मर्स को संक्रमण फैलिरहेकाले त्यहाँ जानु अघि डाक्टरको साल्लाह लिन आग्रह गरेको छ ।
ज्वरो आउने , खोकी लाग्ने, निमोनियाको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गराउन त्यहाँ रहेका नेपालीलाई मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले नउमालेको दुत, काँचो मासु नखान र बाहिर हिड्दा अनिबार्य मास्क लगाउन अनुरोध गरेको छ ।
गएको मे महिनामा दक्षिण कोरियामा मर्सका बिरामी देखिका थिए र अहिले यसको संक्रमण फैलदै गएको छ यो रोग सबै भन्दा पहिले साउदी अरबमा सन् २०१२ मा देखा भेटिएको थियो ।