रानीपोखरीमा रहेका प्रस्तर मूर्तिहरुको अनावरण

चितवन,३२ जेठ 

मूर्ती अध्ययन केन्द्रको रुपमा विकसीत गर्ने नगरपालिका र संरक्षण समितिको तयारी (तस्वीर सहित),,,

राजेन्द आचार्य : पश्चिम चितवनको चित्रवन नगरपालिकाको किरणगञ्ज स्थित रानीपोखरीमा रहेका प्रस्तर मूर्तिहरुको अनावरण गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र रानीपोखरी संरक्षण तथा विकास समितिको संयुक्त आयोजनामा १५ दिने लगाएर ‘प्रस्तर मूर्ति–रचना कार्यशाला–२०७१’ बाट निर्मित मुर्तीहरुको अनावरण गरिएको हो ।
रानी पोखरी ताललाई नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न ढृङ्गामा निर्मित मूर्तीको एक समारोहका विच चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले भगवान वृद्ध, गणेश र शिव भगवानका मूर्तीहरु अनावरण गर्दै सर्वसाधारणका लागि पनि खुल्ला गरेका थिए ।

भगवान वृद्धको बौद्ध धर्म अनुसार गणेश र शिव भगवान बैदिक पुजाआजा सहित अनावरण भएको गरिएको रानी पोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
पोखरीमा ढुंगामै गैंडा, हात्ती, नारी, गुलाफ, हाँसको नारी भाव बोकेका चित्रहरु रहे्का छन् । सो अवसरमा बोल्दै चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत अर्यालले पवित्र नारायणी नदीको काखमा रहेको रानीपोखरी ऐतिहासिक महत्वसगै अबका दिनमा मूर्ती कलाको अध्ययन केन्द्र बनाउन समेत सबैलाई एकजुट हुन आग्रह गरे ।
यस्तै रानी पोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले प्रस्तर मूर्ति–रचना कार्यशालाको माध्यमबाट रानी पोखरीको प्रचार–प्रसार हुने र पर्यटकीय गन्तव्यकारुपमा विकास गर्न सकिने विश्वास लिएको बताए ।

ग्रीनाईट(कडा ढुंगा) को बाट ३७ लाखको लागतमा निर्मित मूर्ति देशका ख्यातिप्राप्त २५ जना मूर्तिकारहरुले बनाएका हुन् । मूर्तीहरु करिव ४ बिघा क्षेत्रफलमा फैलिएको रानीपोखरी विभिन्न भागमा राखिएको रहेको छ ।  रानी पोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न अनावरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी शारदानगर शाखाका सभापति कृष्णहरि शर्मा विशेष अतिथि रहेको थिए । सोही अवसरमा मूर्ती निर्माण र रानीपोखरी विकासका लागि आर्थिक सहयोग गर्ने विभिन्न चन्दादाताहरुलाई ढोसल्ला ओढाई सम्मान गरिएको थियो ।
समितिका सदस्य खगराज सापकोटले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वरिष्ठ समाजसेवी तोपमान सिंह गुरुङ, सिता गुरुङ्ग, समितिका सचिव महेन्द्रप्रसाद तिमिल्सीना, पूर्ण बहादुर गुरुङ्ग, विष्णु ढकाल, भानु आचार्य लगायतले पोखरीलाई संरक्षण गरि पर्यापर्यटनको विकासका लागि एक जुट हुनुको विकल्प नरहेको बताएका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com