भूकम्प पीडितलाई नाईजेरियाको डेङगोटे समूहले १० करोड सहयोग गर्ने

वाशिंगटन डिसी जेठ २१,

विजय थापा : १९८१ मा स्थापना भएको नाइजेरियाको डेङगोटे समूहले नेपालका भूकम्प पीडितहरुलाई १० करोड सहयोग गर्ने घोषणा गरेको छ ।

पश्चिम अफ्रिकामा सर्बाधिक चर्चित तथा बृहत उत्पादक कम्पनिमा स्थापित डेङगोटे समूहले १ मिलियन डलर दिने घोषणा गरेको डेङगोटे समूहका प्रतिनिधि नेपाल घर भै नाइजेरियामा बिगत केहि बर्ष देखि कार्यरत हिक्मत थापाले जानकारी दिएका छन् ।

थापाले जानकारी दिए अनुसार उक्त समुहले कम्पनीका प्रमुख कार्यकारी अधिकृत अलिको डेङगोटेको नाममा स्थापित  परोपकारी संस्था डेङगोटे फाउन्डेसनमार्फत प्रधानमन्त्री राहत कोष मार्फत नेपालमा सो सहयोग गर्ने भएको छ ।
         
पश्चिम अफ्रिकामा सबै भन्दा बृहत उत्पादक प्रतिष्ठानमा स्थापना हुन् सफल डेङगोटे समुह अफ्रीका कै ठुलो मध्येमा पर्दछ । यस समुहले सिमेन्ट ,चिनी ,नुन ,मैदा ,स्टिल ,तेल ,ग्यास ,घर निर्माण गर्नुको साथै तथा अन्य थुप्रै ब्यबसायहरु संचालनमा रहेको छ ।

यस संस्थाका संस्थापक अलिको डेङगोटे फोर्ब्स पत्रिकाले अफ्रीका कै सर्बाधिक धनाड्य उद्योग पति भनेर घोषणा गरेको थियो lकेहि समय अगाडी डेङगोटे समुहले नेपालमा सिमेन्ट कारखानामा लगानी गर्ने पनि भएको छ । यसको लागि लागि परराष्ट्र मन्त्री संग पनि भेट गरेको थियो ।

अफ्रीका तथा अन्य मुलुकमा समेत गरि हाल यस संस्था संग २६ हजार भन्दा ज्यादा कर्मचारी रहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com