अमेरिकामा भूकम्प पिडितहरुको लागि गल्फ खेलको आयोजना गरिने

वाशिंगटन डिसी आषाढ ४,

विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनलले भूकम्प पिडितहरुको लागि गल्फ खेलको आयोजना गर्ने भएको छ ।

उक्त खेल अमेरिकाको म्यारिल्याण्ड स्थित ब्लु मास गल्फ कोर्समा खेलाइने भएको छ भने खेल आगामी अगस्त १ तारिख को दिन खेलाईने जानकारी गराइएको छ । एक छापा बिज्ञप्ति जारी गर्दै उक्त खेल मानवीय सहयोगको लागि गल्फ खेलको आयोजना गरिएको संस्थाको अध्यक्ष सिता पाण्डेले बताउनु भएको छ ।

खेल २ बजे सुरु गरि राती ९ :३० सम्म खेलाइने तय गरिएको उक्त खेलमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा हुने भएको छ । उक्त खेल खेल्न एउटा समुहमा ४ जना सम्म हुन् सक्ने बताईएको छ भने खेल सामग्री आफैले ल्याउनु पर्ने छ । र दर्ताको शुल्क तथा रात्री भोजन को लागि ५० डलर तय गरिएको छ भने त्यो गल्फ खेल्ने खेलाडीको हकमा गल्फ दर्ताको साथै रात्री भोजन समेत १ सय ५० डलर शुल्क तिर्नु पर्ने छ ।
भूकम्प पिडितहरुको लागि कोष वृद्धि गर्ने कार्यक्रम भएकोले अर्थ दान गर्न चाहना राख्नेलाई हार्दिक स्वागत गरिने छ प्रथम हुनेलाई पदकको साथै प्रमाण पत्र द्वारा पुरस्कृत गरिने छ । उक्त खेलको लागि म्यारिल्याण्ड बाट पुरन्धर घिमिरे ,भर्जिनिया बाट शुशिल थापा ,क्यानडाबाट गजेन्द्र थापा , नेपालबाट हरि अधिकारी ,कोलोराडोबाट ज्ञानेन्द्र गदाल तथा भर्जिनिया बाट बिष्णु शितल सहभागी हुने बताइएको छ ।

उक्त खेल खेल्न चाहना राख्ने खेलाडीले दर्ता गर्न http://www.nscii.org/  यो वेब साइट मार्फत जानु पर्ने छ भने कुनै जिज्ञाशा भए info@nscii.org इमेल मार्फत पत्राचार गर्न सक्ने बताईएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com