चितवन जेठ ३२,
" दारेचोकका ३७ घर परिवारलाई जस्तापाता सहयोग ...
राजेन्द्र आचार्य : चितवनको पर्यटकीय नगरी सौराहामा रहेको सामाजिक संस्था सपना भिलेज सोसल ईम्फ्याक्टले जिल्लाको सबैभन्दा बढी भूकम्प प्रभावित दारेचोक गाविसमा पुनर्निर्माण अभियान सुरु गरेको छ ।
सपना भिलेज लजका म्यानेजर नारायण पुरीको संयोजकत्वमा चितवनको सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोकका पूर्णरुपमा क्षति भएका ३७ घरलाई पुनर्निर्माणका लागि जस्तापाता सहयोग गर्दै अभियानको औपचारिक सुरुवात गरिएको थियो ।
सो अवसरमा प्रतिपरिवारलाई ८ पिसका दरले रंगीन जस्तापाता सपना भिलेजका म्यानेजर पुरी र जर्मन स्वयसेवक लिजा, एलेक्स, मियार र क्रिष्टियनले संयुक्त रुपमा वितरण गरेका थिए ।
यस्तै सोही गाविसमा रहेको राप्रावि फिस्लिङलाई पनि विद्यालयकी प्राचार्य गिता गुरुङ मार्फत जस्तापाता दिइएको थियो ।
दारेचोकमा २ लाख ५० हजार रुपैयाँको जस्तापाता वितरण गरिएको थियो ।
यसअघि ४ हजार बढी भूकम्प पीडितहरुका लागि ४० लाख रुपैयाँ बराबरको राहत वितरण गरिसकेको छ । राहतसँगै पीडितहरुलाई समाजमा पुनस्थापित गराउन पुनर्निर्माण अभियान सुरु गरेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।
‘भूकम्प पीडितहरुका लागि हामीले तत्कालका लागि केही राहत महसुस होस् भनि खाद्यान्नसहित राहत बाँडेका थियौं,’ उनले भने, ‘अब पुनर्निर्माणमा लागेका छौं ।’