भूकम्प पिडित कुमालले आत्महत्या गरिन्

रत्ननगर जेठ १८,

शिशिर सिंखडा : पूर्वी चितवनको जुटपानी १, गुराउचौर की ६५ वर्षीय मंगली माया कुमालले आज झुण्डिएर आत्महत्या गरेकी छन् । गत बैसाख २९ गते आएको भूकम्पबाट आफ्नै घर भत्किई घाईते भएकी कुमाल चितवन मेडिकल कलेजबाट निशुल्क उपचार पछि १ हप्तामा घर फर्केकी थिइन् ।

उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनको घर पूर्ण रुपमा क्षति भएको थियो । छोराबुहारीसँग छुट्टिएर  भिन्नै भई बस्दै आएकामा भूकम्पले घर भत्किएपछि श्रीमान् राम बहादुर कुमाल र मंगली माया जुटपानी ४, क्लबचोकमा छोरीको घरमा बस्दै आएका थिए ।

अस्पतालबाट फर्केपछि नेपाल रेडक्रस सोसाइटी भरतपुरबाट प्राप्त त्रिपाल, कपडा र भाडावर्तन नेपाल रेडक्रस सोसाइटी उपशाखा खोलेसिमलले सहयोग गरेको थियो । सहयोग गर्ने क्रममा मंगलीमायाले छोरी उकालोमानो खानु हुँदैन, बुहारीहरुले पालेनन् कसैले घर बनाइदिए बस्ने थिए भनेकी थिइन्, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखा खोलेसिमलका सभापति गणेश शर्मा पौडेलले भन्नुभयो ।

मंगली मायाको सो भनाईले जुटपानी रेडक्रसले १ बोरा चामल समेत भोलीपल्ट सहयोग पु¥याएर फर्किएको थियो । आफ्नो घर भत्किएको र बनाईदिने कोहि नभएकोले उनले आत्महत्या गरेको हुन सक्ने पौडेलले बताउनुभयो । छोरीको घरको तलामा हिजो मध्यान्ह मंगली माया झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभयो ।

उनको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको कार्कीले जानकारी दिनुभयो । उनले के कारणले आत्महत्या गरेको हो सो भने अनुसन्धानबाट मात्र थाहा हुने उहाँले बताउनुभयो ।

 फाइल फोटोः

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com