राहत वितरण कार्य जारि

शुक्रबार जेठ २२,

नारीदर्पण : सरकारले भूकम्प पीडितका लागि राहत वितरण कार्यक्रम जारि राखेको छ । पीडितको अस्थाई पुनर्स्थापनाका लागि जस्तापाता खरिद गर्न हालसम्म एक अर्ब ३८ करोड ४२ लाख रुपैयाँ वितरण गरिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख बाबुराम भण्डारीले जानकारी दिएका छन् ।

जस्तापाता खरिदका लागि सरकारले दुई अर्ब रुपैयाँ बिनियोजन गरेको थियो । भूकम्प बाट अति प्रभावित १४ जिल्लामा राहत रकम वितरण जारि रहे पनि अति प्रभावित जिल्ला लमजुंग पर्बत र स्यांजा र सोलुखुम्बुमा भने अझै सुरु हुन सकेको छैन ।

परिचय पत्र निर्माण तथा लगत संकलन कार्य सम्पन्न नभैसकेकाले ती जिल्लाहरुमा रकम वितरण हुन सकेकोछैन केन्द्रले जनाएको छ । हालसम्म ७ हजार छयानब्बे जना मृतकका परिवारले किरिया खर्च बापत चालिस हजार रुपैयाँ पाएका छन् भने २ हजार ३ सय ६६ परिवारले सरकारले राहत स्वरूप दिने एक लाख प्राप्त गरिसकेको भण्डारीले बताएका छन् ।

बैशाख १२ र २९ गत्ते विनासकारी भूकम्पका कारण ८ हजार ८ हजार ७ सय १२ जनाको मृत्यु भैसकेको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com