आइतबार जेठ ३१,
नारीदर्पण : काठमाण्डौ उपत्यकामा खानेपानीको अभाव देखिएको छ । त्यसैपनि पानीको अभाव हुने समयमा भूकम्प कारण थप समस्य भएको सरोकारवालाहरुले जनाएका छन् ।
जमिनमुनिको पानी अत्यधिक मात्रामा निकालिएको र केहि स्थानमा पानी आउन छाडेकाले पनि समस्या भएको काठमाण्डौ खानेपानी लिमिटेडले जनाएको छ । त्यस माथि निनास्कारी भूकम्पले जमिनको सतहमा ल्याएको हलचलका कारण थप अर्को समस्या देखिएको लिमिटेडको भनाईछ ।
अहिले काठमाण्डौमा दैनिक सैतिस करोड लिटर पानीको माग छ क्यु केएकका प्रबक्ता मिलन कुमार शाक्यले माग भन्दा आपूर्ति निकै कम रहेको र तत्काल यसको सम्बोधन गर्न सकिने बताउनु भएको छ ।
२०६८ को जनगण अनुसार काठमाण्डौको जनसंख्या सत्र लाख चवालिस हजार रहेको छ ।