डब्लुएफपीले कुहिएको चामल बाढेको भन्दै दोषी माथि कारवाही गर्न माग

आषाढ सोमबार ७,

नारीदर्पण : विश्व खाध्य कार्यक्रम डब्लुएफपीले भूकम्प प्रभावितलाइ कुहिएको चामल बाढेको घटनाका दोषीलाई तत्काल कारवाही गर्न सरकार सँग माग गरेका छन् ।

व्यबस्थापिका संसद्को सार्वजनिक लेखा समितिका सदस्यले डब्लुएफपीले कुहिएको चामल बाढेर विपतको सामना गरिरहेका नेपालीको मानवीयता माथि गम्भीर खेलवाड गरेको भन्दै दोषी माथि कारवाही गर्न माग गरेका हुन् ।

समितिको आजको बैठकमा धनराज गुरुङ, ममता गिरि लगायत सभासदले बैशाख १२ गत्तेको भूकम्प पछी डब्लुएफपीले गोर्खा, काभ्रे र चितवनका भूकम्प प्रभावितलाइ कुहिएको चामल बाढेर हेपाहा प्रवृति देखाएको भन्दै हेपाहा प्रब्रितिलिया कुनै हालतमा साहना नसकिने बताउनु भयो ।

सम्सदायी समितिले हिजो गरेको छानबिनका क्रममा डब्लुएफपीको नेपाल्जंग स्थित गोदाममा पाँचसय एकचालीस मेट्रिकटन खाना अयोग्य दाल भेटिएको थियो । सभासदले डब्लु एफ पी ले कुहिएका र अखाध्य वस्तु पटक पटक बाड्दा पनि थाहा नपाएको जस्तो गरेको भन्दै सरकारको आलोचना पनि गरेका छन् ।

बैठकमा बाणिज्य तथा आपूर्ति मन्त्रि सुनिल बहादुर थापाले अखाध्य वस्तु वितरण गरेर जनस्वास्थ्य माथि खेलवाड गर्ने कुरा सरकारले नसहने बताउनु भयो । उहाँ ले डब्लु एफ पी ले वितरण गरेको खाद्यान्नका सम्बन्धमा मन्त्रालयले बाणिज्य विभागमा मार्फत छानबिन अगाडी बढाएको भन्दै सरकारले दोषी माथि प्रक्रिया पुर्याएर कारवाही गर्ने बताउनु भयो ।

समितिले भूकम्प प्रभावित र अन्य नागरिक सामु कुनै पनि बहानामा अखाध्य पुग्न नदिन बांजिया तथा आपूर्ति मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com