संस्कृति संरक्षणको लागि सहयोग

रत्ननगर २३ जेठ ,

शिशिर सिंखडा : पूर्वी चितवनको पदमपुरका थारु समुदायलाई परम्परागत संस्कृति संरक्षण गर्नको लागि आर्थिक सहयोग गरिएको छ । 

जिल्ला वन कार्यालय चितवन अन्तर्गत बरण्डाभार संरक्षित वन कार्यक्रमको सहयोगमा आदिवासी थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले पदमपुरका महिलाहरुको समूहलाई ५० हजार रुपैया सहयोग भएको हो । वन संरक्षण संगसंगै परम्परा र संस्कृतिको संरक्षण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको वन कार्यक्रमका प्रवन्धक रामजी खनियाले जानकारी दिए । 
पदमपुर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने मिलन महिला समूहले प्राप्त रकमबाट वन संरक्षण सम्बन्धी सचेतना कार्यक्रम र संस्कृति समेत जगेर्ना गर्ने लक्ष्य लिएको समूहकी अध्यक्ष खिलिमा चौधरीले बताईन् । 

आज शनिबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला वन कार्यालय चितवनका शाखा अधिकृत विष्णु पौडेल, कार्यक्रम प्रवन्धक रामजी खनिया, पदमपुर सामुदायिक वनका अध्यक्ष जीवन चौधरी, सहायक वन अधिकृत होमनाथ सुवेदी, मिलन महिला समूहकी अध्यक्ष खिलिमा चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा महिला समूहले वन संरक्षण सम्बन्धी गीत र झाम्टा नृत्य समेत प्रस्तुत गरेका थिए । 
बरण्डाभार संरक्षित वन कार्यक्रम अन्तर्गत हरेक वर्ष वन संरक्षण संगसंगै आदिवासी जनजातीको संस्कृति समेत जगेर्ना गर्ने उद्देश्यले सहयोग गर्दै आएको र गत वर्ष पञ्चकन्या सामुदायिक वनको क्षेत्रमा मगर संस्कृतिको जगेर्ना गर्न रकम सहयोग गरिएको कार्यक्रम प्रवन्धक खनियाले जानकारी दिए ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com