इज़रायलमा विश्व आदिवासी दिवस मनाउने तयारी

तेल अभिव (इज़रायल) आषाढ १२,

आदरणीय आदिबासी दाजुभाइ तथा दिदीबहिनीहरु ईश्वभरि छरिएर रहेको हामी आदिबासीहरुको एउटा महत्वपुर्ण दिवस विश्वआदिवासी दिवस हामी इजरायलमा रहेका आदिबासी जनजातिहरुले पनि आफ्नो भाषा ,सस्कार ,सस्कृतिलाई संरक्षण, सम्बर्दनको निम्ति तथा देशमा निर्माणाधीन संबिधानमा आफ्नो हक अधिकारहरु पूर्ण रुपमा स्थापित गराउनको लागि दबाब मुलक आवाज बुलन्द गर्नको निम्ति आगामी १४ अगस्ट सुक्रबारको दिन इजरायलको तेल अभिब सहरमा भब्यताका साथ् मनाउने निर्णय गरिएकोछ ।

उक्त दिवसमा इजरायलमा कार्यरत सम्पर्ण नेपाली आदिबासी जनजाति तथा गैर आदिबासी जनजाति दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि नेपाल आदिबासी जनजाति माहासंघ इजरायल हार्दिक अनुरोधका साथै निमन्त्रणा गर्दछ ।

कार्यक्रम हुने भवन र कार्यक्रमको पूर्ण स्वरुप महासंघको आगामी बैठकले निर्णय गरि जानकारी गर्ने निर्णय गरेकोछ । 

विशेष अनुरोध :
उक्त मितीमा इजरायल स्थित स्थापित विभिन्न संघ सस्थाहरुलाई कार्यक्रम आयोजना नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

'' आदिवासी जनजातिमहासंघ इज़रायल ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com