बुद्ध धर्मको अन्तराष्ट्रिय झण्डाको चिनारी

बर्तमान हाम्रो देशको मानचित्रको लुम्बिनीमा आजभन्दा  २५५९(२६३९) बर्ष अघि जन्मीएर विश्वलाइ  ज्ञानको प्रकाश बाढ्नु  भएका महामानब बुद्धको बर्णन शब्द या चित्रमा गर्नु सकिदैन । 

बुद्ध प्रतिपादीद अमुल्य ज्ञान ,उपदेश ,दर्शनको पछाडी अहिले लाखौ मानिसहरु हिडिरहेका देखिन्छ । सत्य , अहिंसा ,परोपकार मूलआधार रहेको यस धर्म दर्शनको पनि बिभिन्न शाखाहरु  रहेको देखिन्छ जब कि धर्म र आस्था एकै भएर पनि । अझ संयुक्त राष्ट्र संघले बुद्धको पंचशील सिद्धान्तलाइ सो संस्थाको मूल आधार मानेको छ । यसलाई बाट पनि प्रमाणित हुन्छ बर्तमान मानब समाजलाइ आबश्यक पर्ने दर्शन आजभन्दा २५ ०० बर्ष पहिले नै निर्माण भएको रहेछ भनेर ,जसको प्रणेता बुद्ध थिए ।

बुद्धमार्गीहरुले आ-आफ्नु शाखा अनुसार बुद्ध दर्शनलाइ बुझाउनु या प्रतिनिधितव देखाउनु झन्डाको प्रयोग गरेको देखिन्छ । तर  बिभिन्न बुद्धमार्गीहरुले अपनाएको बुद्ध धर्मको झन्डा फरक फरक किसिमको आकार प्रकार रहेको पाइन्छन् । झन्डा फरक भए पनि तिनीहरु मुख्य सार एकै छ त्यो हो केवल "सत्य र शान्ति" ।

यसमा पनि एउटा साझा बुद्ध अन्तराष्ट्रिय झन्डा रहेको छ   जसले गर्दा विश्व बुद्धमार्गी बीच एकरुपता देखाएको छ | एक रुपता देखिओस भन्दै बुद्ध धर्मको एक साझा झन्डा प्रयोगमा ल्याएको देखिन्छ जसमा 6 रंगको मिलन छ ,जसलाइ कोलोम्बो कमिटीले सन् १८८५मा अनुमोदन गरेको इतिहास भेटिन्छ ।

जुन कमिटीको अधक्ष्य्ता हिकादुबे श्री सुमंगला थेरो (Hikkaduwe Sri Sumangala Thero ), सदस्यहरुमा मिगेतुवाटे गुनान्दा थेरा (Migettuwatte Gunananda Thera) ,डन कारोलिस हेवा भिथाराना (Don Carolis Hewavitharana ),अन्द्रिस परेरा धर्मागुनावार्धना(Andiris PereraDharmagunawardhana) ,चार्ल्स दे सिल्भा (Charles A. de Silva),पिटर डे अर्बियु (Peter De Abrew), विलियम डे अर्बियु (William De Abrew),एच विलियम फर्नान्डो(H.William Fernando), एन.एस. फर्नान्डो (N.S. Fernando) र सदस्य सचिब कारोलिस पुजिथा गुनावार्देना(Carolis Pujitha Gunawardena) समिलित थिए । कसै कसैले सो कमिटिको प्रमुखमा कारोलिस पुजिथा गुनावार्देना रहेको पनि जनाएको छ । सो कमिटीमा रहेका सबै जना विद्वानहरु बुद्ध दर्शनको क्षेत्रमा विश्व विख्यात रहेको पाइन्छ ।

सो कमिटिको अधक्ष्य हिकादुबे श्रीसुमंगला थेरो विश्व प्रसिद्ध बुद्ध धर्ममा प्रचारक हुन् त्यो शताब्दीको । त्यो कमिटीले त्यहि साल १८८५ को अप्रिल २८ तारिखको बैशाख पुर्णिमाको दिन सो झन्डा प्रयोग गर्यो । सो दिन बुद्ध पुर्णिमाको पहिलो सार्बजनिक बिदा पनि प्रदान गरेको थियो इष्ट इन्डिया कम्पनीले ,एक हिसाबले त्यो ऐतिहासिक दिन थियो विश्व बुद्धमार्गीहरुको निमित । सोहि दिन देखि त्यो झन्डालाई क्रमिकरुपमा अपनाउनु थाले ।

कोलम्बो कमिटिले बनाएको झन्डा निकै लामो र सर्बसाधारण प्रयोग लागि असहज भयो । यहि कुरालाई मध्य नजर गर्दै अमेरिकी पत्रकार तथा थेओ सोफिकल सोसाइटीको पहिलो सभापति हेनरी स्टिल ओल्कोट (Henry Steel Olcott )ले सुधार गर्नु पर्ने सल्लाह र प्रस्ताब राखे ,जो आफैमा बुद्ध दर्शनका ज्ञाता पनि थिए । उनकै सल्लाहमा कोलम्बो कमिटिले बनाएको बौद्ध अन्तराष्ट्रिय झन्डालाई पहिलो पटक संसोधन गर्दै नया स्वरुपमा आयो साथै त्यो नया झन्डा प्रयोगको लागि पनि अति सजिलो भयो जसको आकार देशको झन्डा जस्तै निर्धारण गरिएको थियो ।

संसोधित झन्डालाइ पहिलो पटक सन् १८८९ मा हेनरी स्टिल ओल्कोट र अनागारिका धर्मापाला (Anagarika Dharmapala) ले संयुक्तरुपमा तत्कालिन जापानी सम्राट समक्ष प्रस्तुत गरेको थियो । यसरी नै सो झन्डा बर्मामा पनि प्रस्तुत गरेको देखिन्छ । यसरी क्रमिकरुपमा सो झन्डालाई सबै देशमा पुराउदै गयो र सबै देशका बुद्धमार्गीहरुले अपनाउदै गयो । र अधिकारिक रुपमा सन् १९५२ वोर्ल्ड फेल्लोशिप अफ बुद्धिस्ट(World Fellowship of Buddhists) ले यसलाई विश्व बौद्धमार्गीको साझा पहिचानको झन्डा भन्दै अनुमोदन गरेर बिश्वब्यापी बनाउदै लगेको देखिन्छ ।

त्यो झन्डालाई सन् १९६३मा तत्कालिन दक्षिण भियतनामका क्याथोलिक राष्ट्रपति न्गो दिनह डायम (Ngo Dinh Diem) सो देशमा बैशाख पुर्णिमामा प्रयोग गर्नु प्रतिबन्ध लगाउने कानुन पारित गरे | जसले गर्दा त्यो देशको बुद्दिस्ट समुदायले तिब्र बिरोध गर्यो ,त्यो बिद्रोह हिंसात्मक हुदै गयो सो बिद्रोह दवाउनु सरकारले लेथाल नामक बिषालु रसायनलाइ हतियारको रुपमा प्रयोग गर्यो तर पनि बिद्रोह रोकिएन ,सो धार्मिक बिद्रोह क्रमिकरुपमा राजनैतिक मुद्दा बन्दै गयो र अन्तिममा सैनिक बिद्रोह भयो जसमा क्याथोलिक राष्ट्रपति न्गो दिनह डायम (Ngo Dinh Diem)लाइ समातेर मारियो ।
बिश्वको सबै बुद्ध समुदायले मान्यता दिएको सो झन्डालाइ नेपाल सरकारले पनि मान्यता प्रदान गर्दै विश्व बुद्ध समुदायको सम्मान गर्नु राम्रो हुने छ जसले बुद्धको पनि सम्मान अभिवृद्धि हुने छ |विश्वले मानेको बुद्धलाइ हामी नेपाली र सिंगो देशले आत्मैबाट अझै धेरै सम्मान गर्नु सक्नु पर्छ तब मात्रै बुद्धको सम्मान हुने छ |
 
(नोट : यहाँ उलेखित सबै सामग्री इन्टरनेटबाट लिएको भएता पनि सत्यतथ्य राख्ने कोसिस गरेको छु केहि गल्ति भएमा विद्वान मित्रहरुमा सुधारको आशा राखेको छ )

सुनिल श्रेष्ठ 
तरहरा ,सुनसरी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com