१०० जना चेपाङ्ग बालबालिकाकोलागि निशुल्क "कुमार बलराम स्मृति छात्रावास"

शुक्रबार जेठ २२,

बिष्णु गौतम : सपना देख्नु र पुरा हुनु फरक फरक अवस्था हो हामीले देखेको सपना पनि फरकनै थियो । 

हामीले सय भन्दा बढी सिमान्तकृत चेपांङ् बालबालिकाहरुलाई छात्रावासमा राखेर निशुल्क खान बस्न खेल्न सक्ने वाताबरण बनाउछौं भनेर ९ महिना अगाडी गरेको वाचा अब पुरा भएको छ। 

यातायातको सुबिधा देखि ७ घण्टा पुरै उकालो समान ढुवानी गरेर चितवन को लोथर ९ कान्दा भन्ने गाउँमा मा बनेको यो ""कुमार बलराम स्मृति छात्रावास"" मा सोमबार देखि १०० गरिब बालबालिकाहरुले सुरक्षित र बसेरा पाउने छन। यो अभियानको सफलताकोलागी हामीलाई सहयोग गर्नुहुने दाताहरु प्रति सिर निहुराउदै, हामीलाई असाध्यै मायाँ गर्ने चेपांग दाजुभाई तथा दिदि बहिनीहरु ,जसले यो मिसन पुरागर्न हरेक पल श्रम गरेकाछन् र आफ्नो विकासको लागि आफै जुटेर गर्ने हो भन्ने संदेश दिन सफल भएका छन्।
र, त्यस्तै अहो रात्र हामीलाई साथ दिनु हुने कान्देश्वरी बिध्यलयका शिक्षक हरु खासगरी प्र अ बालकृष्ण थपलिया ,लक्ष्मी प्रतिष्ठानका सदस्यहरु कर्मचारी वर्ग निश्वार्थ सेवा गर्ने स्वं सेवक ज्युहरु र नेपाल सरकार शिक्षा मन्त्रालय ( जी सी का चितवन ) र पुर्व शिक्षा प्रवक्ता लव प्रसाद त्रिपाठी ज्यु तथा पत्रकार साथीहरु सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौ।

__ बिष्णु गौतमको वाल बाट साभार : 



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com