बन्द सङ्ग्रहालय सञ्चालनमा

लितपुर, ५ असार ,

भूकम्पका कारण बन्द भएको पाटन सङ्ग्रहालय सञ्चालनमा आएको छ । गत वैशाख १२ गते गएको भूकम्पका कारण दरबार क्षेत्रमा क्षति पुगेकाले बन्द भएको सङ्ग्रहालय शुक्रबार साँझबाट खुला गरिएको हो ।

सङ्ग्रहालका सूचना अधिकृत सुरेशमान लाखेका अनुसार दरबार क्षेत्र एकहप्ता अघिदेखिनै खुल्ला भएको भएपनि सङ्ग्रहालयका भवनहरु केही चर्किएकाले मर्मतको काम सकी सञ्चालनमा ल्याइएको हो । लाखेका अनुसार गत वैशाखमा गएको भूकम्पका कारण बन्द रहेको दरबार क्षेत्र, बङ्गलामुखी र कुम्भेश्वर मन्दिर भने एकहप्ता अघिदेखि नै सञ्चालनमा आइसकेको छ ।

मर्मतको काम भइसकेकाले अवलोकनकर्ताले ढुक्क भएर सङ्ग्रहालयको अवलोकन गर्न सकिने बताइएको छ । भूकम्पले पाटन दरबारक्षेत्रभित्र पर्ने चारनारायण, हरिशङ्कर मन्दिर र मनीमण्डप नामक पार्टी पूर्णरुपमा क्षति भएकाले त्यस मन्दिरमा रहेको सामान टहरा निर्माण गरी राख्ने काम भइरहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com