नेपालगन्ज, २३ जेठ,
तराईका २२ जिल्लाका पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई आजदेखि पोलियोविरुद्धको खोप खुवाउन सुरु गरिएको छ ।
सो खोप खुवाउने अभियानको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नेपालगन्जस्थित प्रभात मेमोरियल विद्यालयमा आज बिहान आयोजित समारोहमा बालबालिकालाई पोलियो थोपा खुवाएर शुभारम्भ गरे ।
आइतबारसम्म खुवाइने सो खोप बाँके जिल्लाका ८३ हजार ८२ बालबालिकालाई खुवाइने जिल्ला जनस्वास्थ्य प्रमुख नागेश्वर चौधरीले जानकारी गराए । खोप शुभारम्भ समारोमा मन्त्री अधिकारीले विश्वबाट पोलियो उन्मूलन गर्ने अभियानमा नेपालको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै भने, “नेपालमा पोलियो उन्मूलन भइसकेको छ, तर पुनः देखा पर्नसक्ने सम्भावना दृष्टिगत गरी खोप अभियानलाई निरन्तरता दिइएको हो । ” रासस :