भूकम्प पीडितका लागि पुन समाज नेपालले २० लाख सहयोग

शुक्रबार जेठ २९,

नारीदर्पण : भुकम्प पिडितका लागि पुन समाज नेपालले बिस लाख सात हजार सात सय सत्ततर रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज प्रधानमन्त्री सुशील कोइरालालाइ भेटेर समाजका संरक्षक पुर्व मन्त्रि उद्धव पुनले सहयोग रकम हस्तान्तरण गर्नु भयो ।

आजै पस्मिना उधोग संघले दस लाख, डोल्पा समाज साल्दांगले सात लाख र सहयोग सरोकार नामका संस्थाले पाँच लाख , राष्ट्रिय आवाज कम्पनि लिमिलेटले तीन लाख तिरासी हजार तीनसय पैसठ्ठी रुपैयाँ , टुसाल गुम्बा र माइकल चोम्ले दुई लाख र मलेसियामा कार्यरत नेपाली नेपालीले एकलाख एक्काइस हजार रुपैयाँ सहयोग गरेका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com