नेपालकी छोरी मिरा राईले जितिन फ्रान्सको ८० किमी म्याराथुन दौड

वाशिंगटन डिसी आषाढ १३,

विजय थापा : फ्रान्समा भएको ८० किमि मन्ट ब्लांक दौडमा नेपालकि बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् । उक्त दौड पुरा गर्दै नेपालको झन्डा फहराउदै नेपाललाई बिश्व सामु अझ राम्रो परिचय दिएकी छिन् ।

नेपालको पूर्व क्षेत्रको पहाड घर भएकी राईले ८० किमि स्काई रनिङ्ग ( उचाई दौड )मा सबै प्रतियोगीलाई उछिन्दै प्रथम स्थान हासिल गरेकी हुन् । यस अगाडी पनि उनले हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा पनि उनि बिजेता बनेकी थिइन ।
 
मिरा राईले उक्त दौडमा १२ घण्टामा दौड पुरा गरि पदक हात परेकी छिन् भने उक्त दौडमा ३० वटा राष्ट्रको सहभागिता रहेको थियो । बिगतमा उक्त दौडमा इटाली , स्पेन तथा फ्रान्सको दब दबा रहेको भएता पनि उक्त दौडमा अस्ट्रेलिया ,न्युजील्याण्ड ,चेक रिपब्लिक ,जापान ,पोल्याण्ड तथा अमेरिकाका प्रतिभाशालि खेलाडीहरुले आफ्नो प्रतिभा देखाएका थिए ।

मिरा राई ले २०१४ को मुस्तांग ट्रायल दौड , बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरि सकेकी छिन् । उनको दौडमा रुचि भएकोले १४ बर्षको उमेरमा उनले पढाई छोडेकी थिइन् ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com