मुस्कान ओर्लिन्दा:
नजानी नजानी,
यो पागल पना भित्र म रमाउन थाले।
नसोधी नसोधी,
यो एकलो पना सित म हराउन थाले।
नभनी नभनी,
यो घायल पना भित्र म बाँच्न थाले।
नसोची नसोची,
यो प्रेमको कला चित्र म साँच्न थाले।
थोरैं मुस्कान त्यो ओठमा देख्न पाउँंदा,
निर्दोष दिलको त्यो गुनासो सोध्न मन लाग्दछ।
यसरी यसरी,
तिम्रो यादले मलाई तड्पाउन थाल्यो।
कसरी कसरी,
एउटा रातले मलाई जगाउन थाल्यो।
नबोली नबोली,
तिम्रो साथले मलाई पच्छ्याउन थल्यो।
बेहोशी बेहोशी,
मायाको चोट्ले मलाई दुखाउन थाल्यो।
अल्झी तड्पन, त्यो आँखामा डुब्न पाँउदा,
निर्लज् मनको,त्यो प्यारको शब्द लिन खोज्दछ।
गोपाल प्रधान