टाइट जिन्स पाइन्ट स्वास्थ्यका लागि खतरनाक

एजेन्सी आषाढ १०,

टाइट जिन्स पाइन्ट धेरै युवतीको रोजाइ बनिरहेको छ । स्वास्थ्यका लागि भने यो खतरनाक हुने डाक्टर बताउँछन् । टाइट जिन्स पहिरिदा मांसपेशी र नशा आफू अनुकुल चल्न नसक्ने भन्दै स्वास्थ्यमा गम्भीर नोक्सान पुग्न सक्ने देखिएको बताएका हुन् । 

जर्नल अफ न्युरोलोजी, न्युरो सर्जरी एन्ड साइक्याट्रीमा टाइट जिन्सकै कारण गम्भीर समस्या झेलेकी एक महिला बारे छापिएको छ । ३५ वर्षीया उनको शरीरबाट पाइन्ट काटेर निकाल्नु परेको थियो । किनभने उनको पिडौला निकै सुन्निएको थियो । 

अष्ट्रेलियाकी ती महिला घर सर्ने क्रममा थिइन् । त्यसैले टाइट जिन्स लगाएर लामो समय दराजबाट कपडा निकालिरहिन् । त्यसपछि एक्कासी उनको खुट्टा सुनिन थाले र उनी हलचल गर्न नसक्ने भइन् । डाक्टरका अनुसार उनलाई कम्पर्टमेन्ट सिन्ड्रोम भएको थियो । कम्पर्ट सिंड्रोम गम्भीर खालकै बिराम अन्तर्गत राखेका छन् उनीहरुले । किनभने यसमा मांसपेशिको भित्री भागमा सुनिने र रक्तश्राव हुने गर्छ । उनलाई पनि सोही बिराम भएको डाक्टरले बताएका छन् । 

अस्पतालको चेकजाँच पछि पत्ता लाग्यो– उनको टांगमुनि अझ धेरै सुनिएको थियो । खुट्टासम्म रगत सप्लाई नरोकिएपछि टाइट लुगाका कारण मांशपे्शी एकदमै कमजोर भएको डाक्टरले बताएका छन् । चारदिनको हस्पिटल बसाइपछि उनी सामान्य अवस्थामा आइन् । 

जाँघमा टाइट र लो कट जिन्सका कारण मांशपेशी सुन्निन समस्या भएर लिएर आफूहरुकहाँ पनि बिरामी आएको अरु डाक्टरले पनि बताएका छन् । तर, धेरै मान्छेमा यस्तो समस्या भइहाल्छ भन्ने छैन । होशियारी भने सबैलाई अपनाउन सुझाइएको छ । –बिबिसीबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com