ताप्लेजुंगमा गएको पहिरोमा परि छसय बिस्थापित

आइतबार जेठ ३१,

नारीदर्पण : ताप्लेजुंगको पश्चिमका विभिन्न गाउँ बिकाश समितिमा बुधबार राति गएको पहिरोमा बेपत्ता भएका २३ जनाको अझै कुनै पत्तो पाउन सकिएको छैन । ज्यान गुमाउन पुगेका मध्ये हालसम्म ३८ जनाको शव भेटिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।

मृत्यु हुनेहरुमा थिंलापुमा १५ , लिवाङ्गमा १२ जना, लिन्तेपमा ५ जना, खोक्लिंगमा ३ जना, सानथाक्रामा दुई र थुकीमा एकजना रहेका छन् । यस्तै लिवाङ्गमा १५ , खोक्लिंगमा ७ थुकीमा एकजना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दा बढी बालवालिका रहेका छन् ।शव फेला परेकोमा पन्द्र जना बालवालिका , तेह्र महिला र दसजना पुरुष रहेका छन् ।

कम खाद्यान्न उत्पादन हुने खोक्लिंग , लिवाङ्ग, सानथाक्रा , लिंतेप, थिंगलाबू र खाम्लूँगमा पहिरोले अहिले सम्म करिब छ सय जना पूर्ण रुपमा बिस्थापित हुन पुगेका छन् । पहिरो पीडित परिवारलाइ तीन दिनपछि हिजो बाट राहत बाडिएको छ । मौसम खराब हुँदा राहत पठाउन सकिएको थिएन । 
प्रभावित सबै गाबिसमा पहिलो चरणमा औषधि सहित करिब एकहजार पाचसय किलोग्राम सामग्री पुर्याइएको प्रमुख जिल्ला अधिकारि डम्बर प्रसाद निरौलाले जानकारी दिएका छन् । अरु राहत हान्द्रुंग बजार बाट उपलब्ध गराइने पनि निरौलाले जानकारी दिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com