रामपुर आषाढ ४,
अनन्त सुबेदी : देशको विभिन्न कुनाबाट कृषि, वन र भेटनरी विषय अध्ययन गर्न
आउनुभएका विद्यार्थिहरु सबै क्षेत्रमा अब्बल भएर देशको विकाशमा लाग्नुपर्ने कृषि तथा
वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा कैलाशनाथ प्याकुरेलले बताउनुभयो ।
वार्षिकोत्सवको दौरान बुधवार आयोजित एक औपचारिक कार्यक्रममा विद्यार्थिहरुलाई
पुरस्कार वितरण गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा उपकुलपति प्याकुरेलले सो
भनाइ व्यक्त गर्नुभएको हो । कार्यक्रम विश्वविद्यालयका रजिस्टार डा सुर्यकान्त
घिमिरेको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा कृषि संकाय, भेटनरि सकाय, वन
संकायका डीनहरु, विभिन्न निर्देशकहरु, विभिन्न विभागका प्राध्यापकहरु, किसान,
विद्यार्थी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
महाभुकम्पको सम्झना गर्दै कम तामझामका बिच थोरै औपचारिकता मुलक
कार्यक्रम राखेर कृषि तथा वन विज्ञान विश्वविद्यालयको ५ औं वार्षिकोत्सव कार्यक्रम
बुधवार रामपुर चितवनमा सम्पन्न भएको छ ।
विश्वविद्यालयले विगतमा गरेका र भावि लक्ष्यको
रुपमा विभिन्न संकायका डिन, निर्देशकहरुको प्रस्तुति, किसानसँग अन्तक्रिया छलफल
तथा खेलकुदका विजेता तथा पठाइमा मेघावि छनोट भएका विद्यार्थिहरुलाई पुरस्कार वितरण
गर्दै विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रम समापन भएको छ ।
अध्ययन, अनुसन्धान र प्रसारको जिम्मा पाएको कृषि वन विश्वविद्यालयले अनुसन्धान र
प्रसारमा पनि विभिन्न योगदान गरेको सो अवसरमा चर्चा गरियो ।
भर्खर स्थापित भएको
विश्वविद्यालयले अबका दिनमा राष्ट्रलाई चाहिएको बेलामा कृषि, वन, भेटनरि लगायतको
क्षेत्रमा आवश्यक सल्लाह सुझाव र समस्याको निदान दिन योग्य प्रविधि विकाश तर्फ
लागिरहेको कार्यक्रमका विभिन्न वक्ताहरुले बताउनुभयो । कार्यक्रममा स्नातकोत्तरमा
उत्कृष्ट अंक ल्याइ सर्वप्रथम हुने अंकुर पौडेल लगायत विभिन्न तह र विधाका
विद्यार्थिहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
सो अवसरमा माहुरी, माछा,
फलफूल सम्बन्धि स्टल राखिएको तथा किसानहरुलाई विश्वविद्यालय अवलोकन पनि
गराइएको थियो । कार्यक्रम समापन गर्नुहुँदै विश्वविद्यालयका रजिष्टार सुर्यकान्त
घिमिरेले भर्खर स्थापना भएको विश्वविद्यालय विभिन्न प्रतिकुलता विच सम्पुर्णको सहयोगमा
अघि बढी रहेको र सबै मिलेर यसको उद्देश्य परिपुर्तिमा लाग्नुपर्ने बताउनुभयो ।