आस्साम, भारि बर्षाले १५ गाउँ प्रभावित

शुक्रबार जेठ २९,

नारीदर्पण : भारतको आस्सममा भारि बर्षासंगै आएको बाडीले तीन लाख मानिस प्रभावित भएका छन्  । बादीका कारण आस्सामको १५ वटा जिल्ला प्रभावित भएका छन्  भने सातसय गाउँ डुबानमा परेका छन्  ।

आस्सामको प्रख्यात ब्रहमपुत्र र जिया भराली नदीको बहाव बढेकाले खतराको संकेत स्वरूप रातो झण्डा गाडिएको छ  । बाडीले आस्साम प्रभावित भएपछी आपतकालीन बैठक बसेको छ  । उक्त बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको कार्यलाई त्रिब्रता दिन केन्द्रीय सरकारलाई अनुरोध गरेको छ  ।

एता भारतीय मौसम विदहरुले मनसुनको प्रभावले बाडी आएको र आगामी केहि दिन आस्सम, अरुनांचल प्रदेश , मेघालय र नागार्ल्यंडमा भारि बर्ष हुने जनाएका छन्  ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com