अनाथ बालवालिका संरक्षण कोष दोर्सो वार्सिकोत्सव

आषाढ ९,

यस अभियानको दोर्सो बार्षिकोत्सव अंग्रेजी मिति अनुसार 20-06-2015 मा र नेपाली मिती अनुसार २०७३-०३-०६ पर्दछ ।

यस अबधिमा प्रतक्ष या अप्रतक्ष रुपमा यस अभियानलाइ साथ् र हात दिनु हुने हाम्रा सम्पूर्ण अभियन्ता साथीहरु, सहयोगी साथीहरु तथा सुभचिन्तक साथिहरुमा हार्दिक हार्दिक आभार एबम् धन्यवाद व्यक्त गर्दछौ ।

यहाहरुकै विश्वास, साथ् र समर्थनले आज यहाँ सम्म हामी आइपुगेकाछौ । र भोलिका दिनहरुमा पनि यसैगरि यहाहरुको निरन्तर साथ् र समर्थन भैरहने  आशा राख्दछौं ।

आजको दिन सम्म के कति गरियो भन्दा पनि के कति गरिएन र भोलिका दिनहरुमा अरु के कति गर्न बाँकी छ भन्ने प्रधान हुन आउछ । त्यहि आधारमा हामीले दिर्घकालिन योजनाको पुर्व तयारि गरिरहेकाछौ । भन्नै पर्दा आज हाम्रो देसका अनाथ बालबालिकाहरु जो राज्य र समाज दुवै स्तर बाटै अपहेलित छन् । कोहि नभएका बेसाहाराहरुको आफ्नो छुट्टै सेवा, सुबिधा तथा अधिकार हुनु पर्थ्यो  तर यसो कतै हुन सकेको छैन , यसो भनौं यसतर्फ सोच्ने कसैलाई फुर्सद छैन । देशको अस्तव्यस्त राजनीति र तपाई हामि जस्तो सचेत नागरिकहरुको गैह्र जिम्बेवारीपन ब्यबहार पनि एक मूल कारण हो । जसले गर्दा विभिन्न कारण र परिस्थितिले सडकमा आइपुग्ने बालबालिकाहरु दिनानुदिन वृद्धि हुदै सडकमै अव्यवस्थित तथा कतिको जीवनको नै अन्त्य हुन पुगेका तितो यथार्थ घटनाहरु हामी सामु घटिरहेका छन् । यस समस्याको न्यूनीकरणका लागि सम्बन्धित पक्ष बाट बेवास्ता भएको देखिन्छ । दुर्गम क्षेत्रको उदाहरण लिनु पर्दैन राजधानीमै यस्ता अव्यवस्था सर्वत्र देख्न सकिन्छ । 

यतिखेर करिबन साढे चारसय भन्दा ज्यादा तिनै बालवालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाहरु नखुलेका पनि होईनन् तर केहि अपबाद बाहेक नाम मात्रका खडा छन् । बरु पवित्र सेवालाई समेत तिनीहरुले मागिखाने भाडोका रुपमा लिएका छन जसकारण असलमा परोपकारी कार्य गर्नेमाथि कलंक लागेकोछ ।

अब यो अबस्थामा तपाई हामीले यो देसको बिवेकसिल नागरिक हुनुको नाताले गम्भीर भएर नसोच्ने हो भने आज हामी त्यस नागरिक हुनुको कुनै औचित्य रहदैन । आज श्रम कारखाना  (labour factory) भनेर चिनिन खोजेको हाम्रो भोलि अर्को उपनाम नरहला भन्न सकिन्न ।

आदरणीय महान मनहरु यहाहरुलाई अबगत नै छ । आज हाम्रो देसको स्थिति निकै नाजुक अबस्था बाट गुज्रिरहेकोछ एकातिर प्राकृतिक विपति आइपरेको छ भने अर्को तिर देशका शासकहरु बाटै अपेक्षा अनुरुपको कार्यहरु भैरहेको छैन । त्यसमा पनि यस्ता अनाथ बालबालिकाहरुको अबस्था भनेको त अझ बिकराल छ । कुनै समयको दन्त्य कथा जस्तै कहाली लाग्दो छ भन्दा रति फरक नपर्ला । यो सबै भोगेका र देखेका तपाई हामी बुच पचाउदै सान र ढाचा गरि हिड्नु भन्दा केहि सभ्य र सालिन भएर अलिकति बिवेकशिल भइ देश र समाज प्रतिको कर्तव्य गर्न सिकुं । जुन भावनाका साथ्र  हामीले यस अभियानलाइ पारम्भ गर्यौ आज सम्म आइपुग्दा प्रवासमा कार्यरत धेरै देश प्रेमी साथीहरुको साथ् रहेकोछ । 

'' अनाथ बालवालिका संरक्षण कोष '' अभियान कोरिया बाट पारम्भ भएको भए  पनि नेपाल, ईजराईल हुदै आज अस्ट्रेलिया सम्म फैलिसकेकोछ । हामी  यस अभियानलाई कसैको निजि स्वार्थ सँग नजोडी देशकै एक मात्र पवित्र एबं राष्ट्रिय अभियान बनाउन मन, वचन र कर्मले लागेका छौं । तपाइँ हाम्रो सानो सहयोगले पनि देसमा ठुलो अर्थ राख्दछ भन्ने भावनाका साथ् धेरै भन्दा धेरै त्यस्ता बालबालिकाहरुलाई उद्दार तथा संरक्षण गर्ने उदेश्यले हामी  यस अभियानको सुरुवात गरेका छौं । विशेष  गरि "Care for orphan child" नाम दीइएको यस अभियानलाई यहाँ सम्म ल्याई पुर्याउन देस विदेश बाट अहम भूमिका निर्बाह गर्नु हुने सम्पूर्ण अभियन्ता तथा सहयोगी साथिहरुमा हार्दिक नमन गर्दछौ । र, आगामी दिनहरुमा पनि यसैगरी यहाहरुको छत्रछाया रहिरहोस् भन्ने आसा र कामना दुवै गर्दछौं ।
याहाहरु बाट प्राप्त एक-एक पैसा सहयोग हामीले रतिभर दुरुपयोग गरेका छैनौ र भविष्यमा पनि नगर्ने प्रतिबद्धता जाहेर गर्दछौं । आज सम्म संकलन भएको रकम कोरियामा खोलियको एकाउन्टमा ८० लाख कोरियन वन हाराहारी जम्मा भएको छ भने नेपालमा खोलियको एकाउन्टमा ८ लाख,२७ हजार ४०८ रुपैया सैतिस पैसा नेपाली  रुपैया जम्मा भएको छ । त्यस्तै ईजराईल र अस्ट्रेलियामा पनि संकलन हुने क्रम जारि छ । हामी  यसैगरी आर्थिक संकलन गर्दै  बृहत रुपमा अघि बढ्न चाहान्छौ, जसमा तपाइँहरुको साथ् र सहयोग अपरिहार्य छ ।

 र, हामी अबगत गराउन चाहन्छौं _ रामेछाप, ईलाम, काभ्रे र सप्तरीका गरि करिब १० जना अनाथ बालबालिकालाई पठनपाठनमा भरपुर सहयोग पुर्याउदै अईरहेकाछौ ।

** अभियानको सम्बन्धि थप जानकरिको लागि  यस  लिंक क्लिक गरेर जानुहोला   www.balgrihanepal.org   ।
** अभियन्ता साथीहरुको नामावली लिस्ट हेर्नको लागि www.balgrihanepal.org/abhiyanta/ मा जानु होला ।
**  र सम्पूर्ण सहयोगी साथीहरुको नामावली लिस्ट हेर्नको लागि www.balgrihanepal.org/helping-hands/ मा जानु होला ।
__ साथै याहाहरुको अमुल्य  सल्लाह, सुझाब र साथको अपेक्षा राख्दछौं ।
.....धन्यबाद !

"अनाथ बालबालिका संरक्षण कोष परिवार"

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com