घरेलु हिँसा तथा सामाजिक विभेदमा परेका १३६ महिलाको उद्धार

उधबार जेठ २०,

नारीदर्पण : घरेलु हिँसा तथा सामाजिक विभेदमा परेका जिल्लाभरका एकसय छत्तिस जनालाइ प्युठानको महिला संरक्षण केन्द्र उद्धार गरेको छ ।

जिल्लाका विभिन्न महिला समूह र महिला तथा बालबालिका कार्यालयको पहलमा जिल्लामा स्थापना गरिएका सात वटा महिला सेवा केन्द्र तथा संरक्षणले उनीहरुको उद्धार गरेको हो ।

महिला तथा बालबालिका कार्यालयका लागि महिला बिकाश अधिकृत शान्ति विश्व कर्माले जिल्ला सदरमुकाम खलङ्गा सहित भिग्रु धर्मावती लगायत जिल्लामा सात स्थानमा यस्ता केन्द्रको स्थापना गरिएको जानकारी दिएका छन् ।

संरक्षण केन्द्रमा पछिल्लो १४ महिनामा एकसय छत्तिस जना महिलाको उद्धार गरेको कार्यालयले जनाएको छ । हिंसामा परेर बिस्थापित भएका तथा कानूनी उपचार खोज्नमा समस्य देखिएका महिलालाई संरक्षण केन्द्रमा राखिन्छ र  साथै उनीहरुको उद्धार हुने गरेको जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा अधिवक्ता मेघराज भट्टले जानकारी दिनु भयो ।

जिल्लामा घरेलु, मदिरा, बाल विवाह , बहु विवाह जस्ता समस्याले महिला हिंसाका घटना अझ वृद्धि हुँदै गएको प्रहरीले जनाएको छ । प्युठानमा हालसम्म महिला माथि भएका हिंसाको एउटा पनि मुद्धा अदालत सम्म पुगेको छैन । जिल्लामा पछिल्ल समय हिंसाका घटना सार्वजनिक हुने दर वृद्धि भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com