कालो बजारी नियन्त्रण गर्न अनुगमन टोलि सक्रिय

शुक्रबार जेठ २९,

नारीदर्पण : भूकम्प पछी बजारमा देखिएको कालो बजारी नियन्त्रण गर्न सरकारका विभिन्न निकाय सक्रियतापुर्वक लागेका छन् ।

कालो बजारी हुन नदिन बाणिज्य तथा आपूर्ति बिभाग, गुणस्तर तथा नापतौल बिभाग खाध्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग जीला स्थित प्रशासन कार्यालयका टोलीले अनुगमन गरिरहेका छन् ।

भूकम्प पिडितका लागि आबस्यक सामग्री जस्ता त्रिपाल तथा अन्य निर्माण सामग्रीको अनुगमनमा सक्रिय बाणिज्य बिभागले काठमाण्डौ, काभ्रे, नुवाकोट, धादिङ्ग र गोरखामा अत्यधिक कालो बजारी भएको फेला परेको छ ।

यसरी कालो बजारीमा संलग्न रहेको प्रमाण जुटाएर ती जिल्लाका २६ व्यबसायीलाइ कालो बजारी तथा केहि अन्य सजाय ऐन २०३२ अनुसार कारवाही गरिएको बिभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासीले जानकारी दिएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com