खाउँ खाउँ लाग्ने विषालु आँप

बुधबार जेठ २०,

नारीदर्पण : भारतीय आँपका कारण जनकपुरको खाध्य बजार बिषालु बन्दै गएको छ । नेपालमा प्राकृतिक रुपमा आँप पाक्ने समय असार महिनाको अन्तिम साता देखि श्रावन भदौ महिनाबहरको समयाबधि भए पनि स्थानीय बजामा भने बैशाखको सुरु देखि नै भारतीय आँप ले कब्जा जमाउन थालेपछि नेपाली खाध्य बजार बिषालु बन्दै गएको हो ।

बिक्रीका लागि सजाएर राखिएको भारतीय आँप परिक्षण नहुँदा उपभोक्ताहरु विषाक्त आँप खाना बाट बाध्य भएका छन् ।बेमौसममा आँप बाट ब्यापारीहरुले बढी मुनाफा लिन भारत बाट काँचो आँप ल्याएर कारोइड नामक रसायन हाली २४ घण्टा भित्र पकाएर बजारमा बिर्की गरेको पाइएको छ ।

खासगरी भारतको आन्द्रा प्रदेश, मद्रास, दिल्लो, चेन्न्यइ बाट आँप ल्याउने गरिन्छ पहिलो पाकेको हेर्दा खाउ खाउ लाग्ने आँप विषका पोका भएको जनकपुर फलफुल ब्यबसायी संघका  महासचिव भुवनेश्वर पुर्वेले जानकारी दिए ।

जिल्लामा थोक तथा खुद्रा गरि दुई व्यापारी रहेका छन् यसबाट दैनिक चार सय साना व्यापारी लाभान्वित हुनेगरेका छन् । गुलाबखास, बैग्यानफुल्ली जस्ता आँपहरु ल्यायेर कारबोइड र काठको धुलो हालेर धुँवा मार्फत पकाएको आँप बिक्रि हुनेगरेको पाइन्छ । 

जनकपुर बजारमा छ्याप्छ्याप्ती काबोइड नामक विषादी हालेर पकाएको आँप खाना पनि बिचार पुर्याउनु पर्ने चिकित्सकहरुको बताउछन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com