विश्व सम्पदा सुचिमा रहेका ऐतिहासित सम्पदा आगामी साउन ३२ गत्ते बाट खुल्ला अग्रिने

बुधबार जेठ २० ,

नारीदर्पण : सरकारले भूकम्पका कारण क्ष्यतिग्रस्त उपत्यका विश्व सम्पदा सुचिमा रहेका ऐतिहासित सम्पदा आगामी साउन ३२ गत्ते बाट खुल्ला गर्ने भएको छ ।

पुरातात्विक महत्वका पर्यटकलाइ लोभ्याउने विश्व सम्पदा सुचिमा सुचिकृत हनुमान ढोका दरवार क्षेत्र , पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र , सोयाम्भुनाथ, बौद्धनाथ, पशुपतिनाथ, चाँगुनारायण क्षेत्र भूकम्प ले क्ष्यतिग्रस्त बनेपछि ती क्षेत्रहरु केहि समयको लागि पर्यटकका लागि बन्द गरिएको थियो ।

केहि बिदेशी संचार माध्यम बाट सम्पदा क्षेत्र पुरै क्ष्यतिग्रस्त भएको भन्ने समाचारले पर्यटकीय क्षेत्र प्रभावित भएपछि सरोकारवाला निकायले गरेको अध्यायन भ्रमण पश्चात ती क्षेत्रहरु पूर्ण रुपमा क्ष्यतिग्रस्त नभएको पाइएको छ ।

पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालका अनुसार सम्पदा क्षेत्र भूकम्पले प्रभावित पारे पनि पुरै क्ष्यतिग्रस्त भएका छैनन् क्ष्यतिग्रस्त संरचनाको सरसफाई भैरहेको र ती क्षेत्रहरु आगामी साउन ३२ देखि पर्यटकका लागि खुल्ला गरिने महानिर्देशकले बताउनु भयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com