प्रवेशिका परीक्षाको नतिजा असार पहिलो साता

आइतबार जेठ ३१,

नारीदर्पण : परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परिक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

गत बर्ष जेठ ३० गत्ते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष बैशाख १२ गत्ते गएको बिनाशकारी भूकम्पका कारण प्राबिधिक समस्य आएकाले परीक्षाफल सार्वजनिक गर्न केहि समय ढिलाई हुन गएको हो ।

सानोठिमी कार्यालयले यस बर्ष असारको पहिलो साता सम्ममा नतिजा सार्वजनिक गर्ने गरि अन्तिम तयारीमा जुटेको जनाएको छ । परिक्षा नियन्त्रक बिष्णु बहादुर द्वारेले ढिलोमा पनि असारको पहिलो साता सम्म पेअवेशिका परीक्षाको नतिजा सार्वजनिक हुने जानकरी दिएका छन् । अति तिब्र रुपमा कार्यहरु भैरहेको छ उहाँले भन्नु भयो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com