आषाढ सोमबार ७,
नारीदर्पण : मकैको ढिडो र गुन्द्रुक खाएको धादिङ्गका पिडा गाबिस ८ का एकै परिवारका चार जना बिरामी परेका छन् । हिजो दिउँसो ढिडो र गुन्द्रुक खाएका ८५ बर्सिय लाल बहादुर तामाङ्ग, ४१ बर्षकी सानिमाया तामाङ्ग , ४० बर्षका सुन बहादुर तामाङ्ग र १५ बर्षकी नक्कली तामाङ्ग बिरामी भएको प्रहरीले जनाएको छ ।
उनीहरु काठमाण्डौको मनमोहन मेमोरिय अस्पतालमा उपचार भैरहेको छ । उनीहरुलाई आइसी युमा राखेर उपह्चार गराइरहेको अस्पतालले जनाएको छ । बिरामी मध्ये लाल बहादुर तामाङ्गको अबस्था गम्भीर छ । मकैको ढिडो नै बिषालु रहेको हुन सक्ने अस्पतालले जनाएको छ ।