पूर्व सभासद् शान्ता चौधरी विद्यालय भर्ना

तुलसीपुर (दाङ), २७ जेठ

पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना हुनुभएको छ । पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उहाँ स्कुल भर्ना हुनुभएको हो । चौधरी पूर्व कम्लहरीसमेत हुनुहुन्छ । 

पैँतीस वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा हुनुहुन्छ । उहाँका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाडौँमा एक निजी विद्यालयमा अध्ययनरत छन् । चौधरी नेकपा (एमाले) का नेतासमेत हुनुहुन्छ । 

उहाँले पहिलो संविधानसभामा एमालेबाट सभासद् बन्नु भएपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक रहनुभएको थियो । उहाँले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुुभएको छ ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com