पेरिसस्थित युनेस्कोको प्रधान कार्यालयमा बुद्धको मूर्ति प्रतिस्थापन

पेरिस ,फ्रान्स असार १०,

पेरिसस्थित युनेस्कोको प्रधान कार्यालयमा गौतम बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ ।नेपाल सरकारले युनेस्कोलाई बुद्धको मूर्ति उपहार दिएको थियो । 

असार- ७ गते युनेस्को परिसरमा बुद्धको मुर्ति प्रतिस्थापन गरिएको पेरिस स्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । युनेस्को स्थापनाको ७० औ स्थापना दिवसको अवसरमा नेपाल सरकारले बुद्धको प्रतिमा दिने घोषणा गरेको थियो ।

भगवान बुद्ध को मूर्तिको अनावरण युनेस्कोका महानिर्देशक ईरिना बोकोभा र फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका स्थायी नेपाली प्रतिनिधी अम्बिका देवी लुइँटेलले संयुक्तरुपमा गर्नु भएको थियो । युनेस्को संयुक्त राष्ट्र संघको शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन हो ।

कार्यक्रम फ्रान्समा रहनु भएको कम्पुचिया र श्रीलंकाका बरिष्ठ बौद्ध गुरुहरु तथा भिक्षुहरुले बौद्ध त्रिपिटिक मन्त्रहरु उच्चारण गर्दै शुरु गर्नु भएको थियो ।

भगवान बुद्धको जन्मभूमि लुम्बिनी सन् १९९७ देखि युनेस्को विश्व सम्पदा सुचिमा परेको छ । यहाँ छ नेपाली दुताबास पेरिसको प्रेस विज्ञप्ति | इकोशीबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com