आइतबार जेठ ३१,
नारीदर्पण : पहाडी जिल्लाहरुमा केहि दिनदेखि लगातार आएको बर्षाले शब्ताकोशीमा पानीको बहाव बढेको छ ।
सामान्य अबस्थामा प्रति सेकेण्ड ५० देखि असि हजार क्युसेक रहने पानीको बहाव शनिबार बेलका ८ बजे एकलाख बाउन्न हजार सातसय पचास क्युसेक मापन गरिएको छ ।
पहाडमा पहिरो जान थालेपछि नदीले काठका मुडाहरु पनि उत्तिकै बगाएर ल्याएकोले पानीको सतह बढ्न थालेको हो । कोशी ब्यारेजको पूर्वी र पश्चिमी प्रवेश द्वारमा सुरक्ष कर्मीले पालैपालो यातायातका साधन पठाउन थालेका छन् ।
बर्षात सुरु भए संगै कोशीमा पानीको बहाव बढे पछी त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।