निखिलको निर्देशनमा 'खैरव' आउँदो भदौ ११ बाट रिलिज हुँदै

काठमाडौं ११ अषाढ ,

एक्सन स्टार निखिल उप्रेतिले निर्देशन गरेको चलचित्र ‘भैरव’ ट्रेलर युटुबवाट सार्वजनिक भएको छ । निखिलकै मुख्य भुमिका रहेको यस फिल्ममा एक्सनलाई विशेष महत्व दिइएको छ । त्यसो त निखिल नेपाली फिल्ममा द्धन्द्धलाई मौलिक स्वरुप दिने कलाकारका रुपमा चिनिन्छन् । 

चलचित्र ‘पिँजडा’वाट अभिनयमा प्रवेश गरेका निखिलका दर्जन बढी फिल्म द्धन्द्धकै कारण सफल भएका छन् । बलिउडवाट प्रशिक्षण लिएर नेपाल आएका निखिल पछिल्लो समय निर्माणमा केन्दि्रत हुन थालेका छन् । ६ वर्ष अगाडी ‘सावधान’ फिल्म बनाएका निखिलको लगानी रहेको यो दोस्रो फिल्म हो ।आउँदो भदौ ११ गते रिलिज हुने भनिएको ‘भैरव’मा तराईको परिवेशको कथा रहेको छ। _ source-ekoshi:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com