एकमहिनाको शिक्षणशुल्क मिनाहा गर्न बिद्यार्थी संगठनको माग

आइतबार जेठ ३१,

नारीदर्पण : भूकम्पका कारण बिद्यालय बन्द रहेकोले एक महिनाको शिक्षण शुल्क मिनाहाको माग गर्दै बिद्यार्थी संगठनहरुले दबाव कार्यक्रम सुरु गरेका छन् ।

हिजो आन्दोलनको घोषणा गरेका बिद्यार्थी संगठनहरुले आज बिहान प्रधानमन्त्री सुशील कोइरालाको पनि ध्यानाकर्षण गराएका छन् । नेबिसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थी संगठनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ज्ञापन पत्र आज बुझाएका छन् ।

नेविसंघका प्रबक्ता युपी लामिछानेले भूकम्पका बेला बन्द भएको शिक्षण शुल्क पूर्ण मिनाहा गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको बताए । बिद्यार्थी संगठनहरुले भूकम्प पछी पठनपाठन नभएको एकमहिनाको अबधिको शुल्क नलिन निजि शिक्षण संस्थालाई आग्रह गरे पनि शिक्षण संस्थाका संगठनहरुले शुल्क मिनाहा गरेका छैनन् । बैशाख महिनाको आधा शुल्क घटाउन भने तयार देखिएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com