मंगलबार जेठ २६,
नारीदर्पण : अप्रेसनका लागि लगिएकी बिरामी अस्पताल मै मृत्यु भएपछी दमौलीमा आज तनाव उत्पन्न भएको छ । कोरियाली लगानीको नेकोरियो अस्पतालमा ५ दिन अघि भर्ना भएकी काहुँशिवपुर ग्वास्लुंगकि पैतालिस बर्षीय गित मल्लको सोमबार साँझ अस्पतालमै निधन भएको थियो ।
पाठेघरको सल्यक्रिया गराउन पुगेकी मल्ललाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि सोमबार साँझ बेड बाट उनि तल मृत अबस्थामा भेटिएकी थिइन् । बेड बाट खस्दा टाउकोको नशामा असर परेर उनको मृत्यु भएको अस्पतालले दावी गरे पनि मृतकका आफन्तले यो अपतालको लापरवाही भएको आरोप लगाएका छन् ।
अस्पतालले मृतक घोषणा गरेर सव लैजान भने पनि उनका आफन्तले लैजान मानेका छैनन् । उनीहरुले अस्पतालमा उपचारथ बिरामीको मृत्यु हुनुमा व्यबस्थापनको दोष भएको आरोप लगाएका छन् ।
तर व्यबस्थापन पक्षले भने अपरेशन पछी ठिक भएकी मल्ललाई डिस्चार्ज गर्न तयारी भएपछी घटना भएको भन्दै यसमा आफुहरुको कुनिया हात नभएको बताएको छ । दमौली सफा सडकमा रहेको अस्पतालमा मानिसहरुको भिड जम्मा भएपछी प्रहरी सुरक्षा बढाईएको छ ।