पिठुवा सिंचाईको २५औँ साधारण सभा

रत्ननगर जेठ ३१,

शिशिर सिम्खडा : पिठुवा सिंचाई जल उपभोक्ता संस्था रत्ननगर १६, पिठुवाको २५औँ वार्षिक साधारण सभा हिजो शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वर कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चितवन क्षेत्र नं. १ का सभासद् सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पाण्डेले देशमा कृषि प्रणालीको विकास नभएसम्म देश आत्मनिर्भर बन्न नसक्ने भन्दै कृषि क्षेत्रको विकासको लागि सिंचाईको विकासमा जोड दिनुपर्ने बताउनुभयो । साथै पाण्डेले भूकम्पबाट प्रभावित जिल्लाका बासिन्दालाई तत्काल सरकारले पुनर्वासको व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो । 
कार्यक्रममा पूर्व सांसद एवं लोथर राप्ती ड्याग संरक्षण समितिका अध्यक्ष जागृत प्रसाद भेटवाल, पिठुवा गाविसका निवर्तमान अध्यक्ष चन्द्रकान्त न्यौपाने, नेपाली कांग्रेसका डण्डपाणी लामिछाने, नेकपा एमालेका हरि कुमार श्रेष्ठ, एमाओवादीका ओम प्रसाद लामिछाने, कार्यसमिति सदस्य विष्णु अर्याल, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जयन्द्र कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लेखासमिति संयोजक सीता नेपालले आर्थिक प्रतिवेदन, सचिव कपिल बाबु कट्टेलले भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष शारदा बहादुर थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com