अमेरिकामा साइबर हमला, महत्वपूर्ण सरकारी सूचना चुहावट

शुक्रबार जेठ २२,

नारीदर्पण : अमेरिकामा भएको साइबर हमला बाट महत्वपूर्ण सरकारी सूचना चुहावट भएको छ । चालिस लाख सरकारी कर्मचारी सँग समबधित जानकारी साइबर मार्फत चोरिएको बिबिसीले जनाएको छ ।

अमेरिकी अधिकारीले चिन द्वारा हमला भएको आशंका गरेका छन् । अफिस अफ पर्सनल म्यनेमनेटले अप्रिल महिना बाट नै सन्दिग गतिबिधी हुन थालेको दाबि गरेको छ । सो संस्थाले प्रत्येक बर्ष सरकारी जागिरका लागि आबेदन दिने व्यक्तिको पृष्ठभूमि जाच गर्ने गर्दछ । 

अधिकारीले कार्यरत र पुर्व कर्मचारीलाई पनि यस साइबर हमला बारे जानकारी दिइने बताएको छ । एफबिआइ ले यस घटनाका बारेमा छानबिन गरिरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । घटना भए लगत्तै अमेरिकी संसदले कम्प्युटर नेटवर्कको सुरक्षा सुधारका लागि माग गरेका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com