महोत्तरी, सर्पको टोकाइबाट एक महिलाको मृत्यु

गौशाला जेठ २२,

महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा आज सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरपुर गाविस–४ बस्ने २९ वर्षीया सीतादेवी साह रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

घरमा रहेको मुसाको दुलोमा खुट्टा राख्दा विषालु करेत सर्पले सीताको दाहिने खुट्टामा टोकेको थियो । सर्पले टोकेपछि सिकिस्त भएका सीतालाई उपचारका लागि सिरहाको चहोर्वास्थित सैनिक ब्यारेकमा रहेको सर्प दंश उपचार केन्द्रमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मछिन्द्रबाबु केसीले बताए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com