अब फेसबुकले अनुहार नदेखिने व्यक्तिको पनि पहिचान गर्ने

असार ९ ,

एजेन्सी : सामाजिक सञ्जाल फेसबुकले तस्बिरमा अनुहार नदेखिएको अवस्थामा पनि व्यक्तिलाई पहिचान गर्न सक्ने फेसियल रिकगनाइजेसन प्रविधिको विकास गर्ने भएको छ । 

नयाँ प्रविधिले तस्बिरमा अनुहार नदेखिएका व्यक्तिलाई पनि पहिचान गर्ने फेसबुकले जनाएको छ । तस्बिरमा अनुहार देखिएका व्यक्तिलाई पहिचान गर्ने प्रविधि यसअघि नै प्रयोगमा आइसकेको छ । त्यो प्रविधि सफल भएको र त्यसमा थप सुधार गर्नका लागि अनुहार नदेखिएका व्यक्तिको पहिचान गर्ने प्रविधिको परीक्षण गरिएको फेसबुकले जनाएको छ । 

नयाँ प्रविधिको प्रभावकारिता परीक्षण गर्न तस्बिरमा अनुहार नदेखिएका ४० हजार तस्बिर लिएको र यो प्रविधिले ८३ प्रतिशत व्यक्तिलाई सही पहिचान गरेको फेसबुकले जनाएको छ । नयाँ प्रविधिले व्यक्तिको पहिचानका लागि कपाल, लुगा तथा शारीरिक संरचनाको विश्लेषण गर्नेछ । 

यो नयाँ प्रविधि अहिले परीक्षणको चरणमा रहेको फेसबुकले जनाएको । तर छिट्टै नै थप परीक्षण र सुधार गरेर यसलाई एपको रुपमा ल्याउने फेसबुकको तयारी छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com