रत्ननगर जेठ १८,
शिशिर सिंखडा : बैसाख १२ गते र त्यसपछिका पराकम्पनहरुबाट पिडित चितवनको पहाडी गा.वि.स. सिद्धिका १ सय
२४ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
जेन्टल हर्ट फाउण्डेसन काठमाण्डौको
सहयोगमा सिद्धि वडा नं. १ खोलागाउँ, वडा नं. ६ मझवाङ्ग र लालीवाङ्गका भूकम्प पिडित
परिवारलाई चामल १५ किलो, दाल, तेल, नुन, साबुन सहयोग गरिएको थियो ।
फाउण्डेसनका
अध्यक्ष अर्जुन ढकाल, सदस्य शोभा ढकाल तामाङ्ग, कोअर्डिनेटर ईश्वर श्रेष्ठले आज आइतबार
सिद्धिमा पुगी भूकम्प पिडितलाई सो सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी
सोही संस्थाले नवलपरासीको पिठौली ६ को मुसहर बस्तीका ६५ घरपरिवारलाई खाद्यान्न र
लामखुट्टेको झुल सहयोग गरेको फाउण्डेसनका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
रक्तदान
भूकम्प पिडित बिरामीहरुलाई सहयोग गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी उपशाखा
जुटपानी खोलेसिमलको आयोजनामा रक्तदान गरिएको छ । रक्तदान कार्यक्रममा ७ महिला
सहित ५० जनाले रक्तदान गर्नुभएको संस्थाका सभापति गणेश शर्मा पौडेलले जानकारी
दिनुभयो ।