तातोपानी जेठ १०,
जय कार्की : यो बौद्धको फाँट हो । यहाँ एउटा सानो मैदान छ र पानी परेपछि जम्छ,, पानीको कुनै निकास छैन ।
सिन्धुपाल्चोक
चीनसित सिमाना जोडिएको तातोपानी गाविसवाट उद्धार गरेर ल्याईएका यहाँ ५० परिवार पीडितहरुलाई सुुरक्षितसाथ आवासको
व्यवस्था मिलाइएको देखिन्छ ।
अरुको त्रिपालको जिन्दगी हेर्दा यिनीहरुको निकै व्यवस्थित देखिन्छ । बाल गृह, संचारको
राम्रो व्यवस्था(टिभी,रेडियो,पत्रपत्रिका र इन्टरनेट) औषधी, खानेपानी , सौचालय र व्यवस्थित भान्छा घर सहितको
स्वयंसेवकको स्वदेशी र विदेशीको डफ्फा नै छ । तर पनि उनीहरु सातो हराएको शिशु जस्तो भएका छन् । उनीहरुको
थातथलोमा धाँजा परेको छ,, पैरो गएको छ,, घरको भग्नाबशेष पनि पैरोले काहाँ पुर्यायो उनीहरुलाई अत्तो पत्तो
छैन । उनीहरुलाई हेलिकप्टरको सहायतावाट तातोपानीवाट उद्धार गरी ल्याएको थियो ।